इनरुवा बैशाख ६/स्थानीय तहको निर्वाचनमा सुनसरी सदरमुकाम इनरुवामा दुई जना सञ्चारकर्मीहरु उमेद्वार बन्ने भएका छन । इनरुवा ३ बाट बर्णमाला दैनिकका कार्यकारी सम्पादक राजेन्द्र पोखरेल वडाध्यक्ष  र इनरुवा २ बाट  पपुलर एफएमका स्टेसन मेनेजर प्रकास मेहता उमेद्वार बन्ने भएका हुन ।

मेहता स्वतन्त्र उमेद्वारका रुपमा इनरुवा २ को वडा अध्यक्ष र पोखरेल एमालेको तर्फ ३ नम्वरको वडाध्यक्षको उमेद्वारमा उमेद्वार बन्ने भएका हुन । पोखरेलको नाम  एमालेले सिफारिस गरेको हो । सञ्चारकर्मी पोखरेल सहित इनरुवा ३बाट ११ जनाको नाम वडा कमिटीले नगर कमिटी मार्फत पठाउने निर्णय गरेको एमाले इनरुवा संयोजक कालुराम गुरुगंले जानकारी दिए ।

पोखरेल एमालेको जिल्ला प्रचार विभागमा डेढ दसक देखि काम गरिरहेका छन । त्यसै गरी सुनसरी सदरमुकाम इनरुवाबाट प्रसारण हुँदै आएको एक मात्र एफएम पपुलर एफएमका स्टेशन मेनेजर मेहताले २ नम्बर बडाबाट आफुले उमेद्वारी दिने बताए ।

तपाईको प्रतिक्रिया