इनरुवा बैशाख ६/लागुऔषध कोरेक्स र गाँजा सहित सुनसरीको साविकको मधुवनबाट नारायण उराब पक्राउ परेका छन् । सुराकीका आधारमा प्रहरीले हालको बराह नगरपालिका ११ स्थित घरबाट लागुऔषध सहित उरावलाई नियन्त्रणमा लिएको हो ।

सुनसरी प्रहरीका अनुसार उरावको घरमा लुकाएर राखिएको अवस्थामा १ सय १८ थान कोरेक्स र २ केजी गाँजा बरामद भएको छ । लागुऔषध नियन्त्रणकालागि खटिएको डेल्ट्रा अप्रेसनको टोलीले लागुऔषध सहित उरावलाई पक्राउ गरेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीको सकृयतासँगै पछिल्ला केहि महिनायता सुनसरीमा लागुऔषध सहित कारोबारी पक्राउ पर्ने क्रम बढेको छ ।

तपाईको प्रतिक्रिया