इनरुवा बैशाख ६ /गाईको मासु सहित कारोवारी पक्राउ परेपछि सुनसरीमा गाईको मासुको कारोवार निकै लामो समययता चल्दै आएको खुल्न आएको छ । म्याजिक भेनमा धरान तर्फ लैजादै गरेको १ सय ८० केजी गाईको मासु सहित कारोवारी पक्राउ परेपछि सुनसरीका मूख्य शहरहरुमा गाईको मासुको उपभोग हुँदै आएको खुलासा भएको हो ।


पक्राउ परेका अख्तर मन्सुरीले प्रहरीसामू गाईको मासुको माग इटहरी, धरान जस्ता शहरमा बढी रहेको बताएका छन् । सुनसरी प्रहरीले ठुला होटल तथा क्टाट्रिनहरुले समेत त्यस्तो मासु उपभोगमा  ल्याउने गरेको हुन सक्ने आशंका गरेको छ । प्रहरी कहाँ सुनसरीको नरसिङ, भोक्राहा, इनरुवा, झुम्का लगायतका क्षेत्रमा गौवध हुने गरेको सुचना रहेको छ । को १ ज २४२५ नम्बरको गाडी सहित पक्राउ परेका मन्ुसरीलाई प्रहरीले सार्वजनिक गर्दै अन्य थप अनुसन्धान जारी रहेको बताएको छ । राष्ट्रिय जनावर गाई काटमार गर्न कानुनले वर्जित गरेको छ । मुलुकी ऐनको १२ औं संसोधन २०७२ को चौपाया महलको ११ नम्बरमा जानीजानी गाई गोरु मार्नेलाई १२ वर्ष र बचन दिनेलाई ६ वर्ष कैद सजाय हुने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया