motorcycle-fire
मंसिर ६ इनरुवा/गयराती सुनसरी सदरमुकाम इनरुवा ७ स्थित जिल्ला विकास समितिको कार्यालय छेउमा दुइ वटा मोटरसाईकलमा आगजनी गरिएको छ ।
तेल तस्कर गरी इनरुवा तर्फ ल्याउँदै गरेको मोटरसाइकल नियन्त्रणमा लिई आगजनी गरिएको थियो । आगजनीबाट को १७ प ५१०८ र को ४ प ३०७८ नम्वरको मोटरसाईकल पूर्ण रुपमा जलेर क्षति भएको छ । आगलागी लगाउने कार्यमा संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताहरुको संलग्नता रहेको सुनसरी प्रहरीले दावी गरेपनि मोर्चाले भने आफुहरुले उक्त कार्य नगरेको स्पष्ट पारेको छ । मोर्चाका नेता महिचन साहले आगजनी कसले गरेको भन्ने बारेमा मोर्चाले समेत खोजि गरिरहेको र फेला परे कार्वाहीका लागि प्रहरीलाई सहयोग गर्ने बताउनु भयो । आगजनीमा कम्तिमा पनि २ सय लिटर बढी इन्धन जलेर नष्ट भएको थियो ।

तपाईको प्रतिक्रिया