०७ बैशाख, दिलिप साह राजविराज । राष्ट्रिय जनता पार्टी सप्तरीको ६ बटै दलका बृहत केन्द्रिय तथा जिल्लाका नेता कार्यकर्ताहरुको बृहत भेला शुक्रबार राजविराजमा सम्पन्न भएको छ । राजविराज स्थित जिल्ला विकास समितिको सभाहलमा आयोजित सो भेलामा स्थानीय निकायको निर्वाचन हुन दिनका लागि १७ वटा केन्द्रमा आन्दोलन परिचालन समिति गठन गर्ने निर्णय गरिएको छ ।

त्यस्तै सबै मातहतका नेता तथा कार्यकर्ताहरुलाई एक ढिक्का भई राष्ट्रिय जनता पार्टीलाई संगठित रुपमा अगाडी बढाउनका लागि एक जुट हुनुपर्ने निर्णय सर्वसम्मतबाट गरिएको छ । यस्तै अगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि बैशाख ६ गते हुन लागेको नामावली दर्ता रोक्न तथा निर्वाचन कार्यालय स्थापना हुन नदिनका लागि जिल्ला देखि गाउँस्तर सम्मका नेता कार्यकर्ताहरुलाई निर्देशन दिईएको छ ।

राष्ट्रिय जनता पार्टीका मृगेन्द्र कुमार सिंह यादवको अध्यक्षतामा आयोजित सो भेलामा पार्टीका केन्द्रिय नेता जय प्रकाश ठाकुर , गजेन्द्र कुमार मण्डल ,गंगाराम यादव ,राम नारायण यादव ,दिपेन्द्र चौधरी ,दिनेश यादव ,हरी राय ,भिमराज यादव ,गुजाई दास ,कुमरकान्त मिश्रा ,कपिलदेव यादव ,नरेन्द्र यादव ,सुरेश कुमार सिंह ,अमरकान्त झा ,नेत्रविक्रम साह ,बिजय यादव ,महिलानेतृ पुनम यादव सहितकाहरुले आ आफनो सुझाव दिनुभएको थियो । त्यस्तै जिल्लाका रामपृत यादव ,सुनिल कुमार झा ,तेज नारायण यादव ,जिवछ यादव ,अमरनाथ मण्डल ,किशोर कुमार यादव सहितका नेताहरुको उपस्थिति रहेको थियो । महिलानेतृ साधना झाद्धारा संचालित सो भेलामा स्वागत मन्तव्य हरेराम यादवले ब्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया