सर्तक र बन्दोबस्त रहन तिनै सुरक्षा प्रमुखलाई प्रजिअको निर्देशन

०७ बैशाख, दिलिप कुमार साह, राजविराज । संखुवासभाको हटिया गाबिस हाल भोटेखोला गाउँपालिकामा बरुण नदिमा लेदो वाढीले अरुण निदको हिमताल फुटने सम्भावना भएकोले सप्तरीमा पनि असर हुने भएकोले सबै निकायलाई सर्तक रहन प्रजिअले निर्देशन दिनुभएको छ ।
अरुण नदिमा आएको लेदो बाढी आई नदिको सतह बढी रहेको अवस्थामा मकालु हिमाल मुहान फुटने अनुमान गरिएकोले सप्तरीमा जोखिम आउन सक्ने भएकोले तिनै सुरक्षा निकायलाई सर्तक रहन प्रमुख जिल्ला अधिकारी कटुवालले निर्देशन दिएको छ ।

दैबी प्रकोप उदार समितिका संयोजक एवं सप्तरीका प्रजिअ कृष्ण बहादुर कटवालले शुक्रवार दैबि प्रकोप उदार समितिको आकस्मिक बैठक वोलाएर तिनै सुरक्षा निकायका प्रमुख तथा सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिलाई बोलाएर यस्तो निर्देशन दिएको हो । सप्तकोशीमा वाढी आउने सम्भावना रहेकोले नदि किनारका स्थानियहरुलाई स्थानिय सुरक्षा निकायलाई आबश्यक उदारका लागी बन्तोबस्त मिलाई तयारी अवस्थमा रहन प्रजिअ कटुवालले निर्देशन दिएको छ । सप्तकोशी नदिमा आउने वाढीले हुनमाननगर, योगिनिया, गोवरगाढा, रम्पुरामल्हनिया, तीलाढी, भारदह,पोर्ताहा,लगायत दर्जनौ गाबिस क्षतिपुगने छ ।

सो बैठकले गत फाल्गुन २ गते देखी ०७४ बैशाख ८ गते सम्ममा जिल्लाको बिभिन्न क्षेत्रमा भएको आगलागी परेका ७५ जना घरपरिवारलाई जनही ५ हजारको दरले दिने निर्णय गरिएको छ । यसैगरी सुरुङ्गा नगरपालीका २ मा चटयांग लागी मृत्यु भएका बेदु सदाका श्रीमति कमला सदालाई गत चैत्र ३० गते नै १ लाख रकम उपलब्ध गराई सकेको प्रजिअ कटुवालले जानकारी गराएको थियो । सो अवसरमा सप्तरी प्रहरी प्रमुख अनुराग द्धिवेदी, सशस्त्रका एसपि रामाअधार यादब,भलुवाही गनका गणपति बोहरा,खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्रमुख लोकेन्द्र यादब,पत्रकार चन्दनकुमार यादब,लगायत अन्य सरकारी कार्यलय तथा संघ संस्थाका प्रतिनिधिहरुको उपस्थििती रहको थियो।

तपाईको प्रतिक्रिया