बैशाख ०७, दिलिप कुमार साह राजविराज । नेपाल सहकारी संस्था लि. राजविराजले आफ्ना सञ्चालक सदस्य बाबुकृष्ण खनालको १३ औं दिनको तिथिमा शुक्रबार श्रद्धाञ्जली सभा गरेको छ ।

श्रद्धाञ्जली सभामा प्रभु फाइनान्स लि. का प्रबन्धक रितेश श्रेष्ठ, सिर्जना फाइनान्स लि. का प्रबन्धक राजकुमार यादव, जनज्योति कृषी सहकारी संस्था लि. का अध्यक्ष विश्वनाथ मण्डलले श्रद्धाञ्जली मन्तव्य राख्नु भयो । अन्तिम समयसम्म सकृयतापूर्वक जीवन बिताउने खनाललाई अनुभवमा पाको र जाँगरमा युवा भन्दै वक्ताहरुले सहकारीको विकासमा निर्वाह गर्नुभएको भूमिकाप्रति उच्च सम्मान गर्नुभयो ।

संस्थाका अध्यक्ष शत्रुघ्न गुप्ताको अध्यक्षतामा आयोजित सभामा संस्थापक सदस्यहरु सुरेन्द्र प्रसाद गुप्ता, मनोहर कुमार पोखरेल, रणधिर कर्ण, कर्मचारी राजन भट्टराइले खनालको सम्झना गर्दै उहाँको योगदानको चर्चा गर्नुभयो । उहाँहरुले सहकारिताको माध्यमबाट सप्तरीको विकास गर्ने अभियानलाई अगाडि बढाउनु हुने खनालबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रेरणा मिलिरहने बताउनु भयो । नेपाल सहकारीमा २०५९ सालदेखि निरन्तर सञ्चालक समितिको सदस्य रहनु भएका खनालको ७८ वर्षको उमेर गत चैत २७ गते राति राजविराज ७ स्थित निवासमा निधन भएको थियो । कार्यक्रममा संस्थापक सदस्यहरु, सञ्चालक समिति, कर्मचारीहरु र सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया