९ बैशाख, काठमाडौं। प्रधानमन्त्री दाहालले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसँग निर्वाचनको मिति सार्न सकिनेबारे संक्षिप्त छलफल गरेका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहालले बजेटपछि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने मिति सारेका छन् । उनले जेठ २० देखि २२ गतेको लागि मिति तय गर्नेगरि छलफल अघि बढाएका छन् ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री दाहालले अघि सारेको मितिमा कुनैपनि हालतमा सहमति नजनाउने भएपछि निर्वाचन अब बजेट आउनुभन्दा अघि अर्थात जेठ १५ गते अघि नै हुने भएको छ । दलहरुवीचको प्रारम्भिक छलफल अनुसार जेठको पहिलो सातामा स्थानीय तहको निर्वाचन हुने बुझिएको छ । एमालेले बजेट पछि निर्वाचन गर्ने भए उक्त निर्णयको विरुद्धमा देभव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मोर्चा निर्वाचनमा आउने भएपछि स्थानीय तहको संख्या पनि अब जनसख्याको आधारमा वृद्धि हुने भएको छ । यो सहमति अनुसार प्रदेश नम्बर २ का साथै ५ र १ का केही जिल्लाको स्थानीय तह हेरफेर हुनेछ । स्थानीय तहको संख्या र सीमा हेरफेर भएका स्थानहरुमा दोस्रो चरणमा चुनाव हुनेछ ।

सरकार र मधेशी मोर्चाका नेताहरुबीच बालुवाटारमा बैठक शुरु भएको छ । सरकारले मधेशी मोर्चालाई चुनावमा सहभागिता गराउने सुनिश्चताको लागि गृहकार्य जारी राखेकै बेला यस्तो वैठक भएको हो ।

तपाईको प्रतिक्रिया