१० बैशाख, दिलिप कुमार साह राजविराज । सप्तरीको कठौना शनिबार संयूक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले दुई घण्टा सडक अबरुद्ध गरेको छ । सरकारद्धारा घोषित निर्बाचन तालिका अनुसार आगमी बैशाख १६ गते नामवली दर्ताको बिरोधमा मोर्चाद्धारा साँझ चार बजे देखी छ बजे सम्म पुर्ब पश्चिम राजमार्ग अबरुद्ध गरेका हुन । मोर्चाले सडक अबरुद्ध गरेपछी सयौको संख्यामा सवारी साधनहरु सडकमा थन्किएका थिए । नाराबजी गर्दै टायर बलेर सडक अबरुद्ध गर्न उर्तिएका मोर्चा कार्यकर्ताले पुर्बपश्चिम राजमार्गमा कोण सभाको समेत आयोजना गरेको थियो ।

संघीय समाजवादी फोरमका कन्तलाल चौधरीको अध्यक्षतामा अयोजित सभालाई राष्ट्रिय जनता पार्टीका नेता दिनेश यादब, हरेकृष्ण भगत, संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादब, नेता उपेन्द्र नारायण चौधरी (पगडीवला) लगायतका नेताहरुले सम्बोधन गर्दै संबिधान संशोधन नभएसम्म कुनै हालतमा पनि चुनाब हुन नदिने उद्घोष गरे ।

तपाईको प्रतिक्रिया