१० बैशाख, धरान ।  धरानकी इन्दु पौडेलले खरिद गरेको वाईवाई चाउचाउ म्याद गुज्रिएको भेटिएपछि अनुगमनको अख्तियारी पाएको प्रशासनले शनिवार भाटभाटेनीमा अनुगमन गरेको छ ।

इन्दुले गत चैत्र ३१ गते खरिद गरेकाे १० वटै चाउचाउमा म्याद गुज्रिएको पाइएपछि प्रशासनले आफ्नो ध्यान केन्द्रित गर्र्दै शनिवार अाकस्मिक अनुगमन गरेकाे थियाे । अनुगमनकाे क्रममा टाेलिले म्याद गुज्रिएकाे चाउचाउ सहित थुप्रै मुल्य केरमेट भएका खाद्यन्न सामग्रीहरू भेटिएका थिए ।

त्यस्तै अनुगमन टाेलीले  भारतबाट उत्पादन भएको टेस्टिलो अचारको भारतीय रुपैया ४० रुपैया उल्लेख गरेको भएपनि त्यसमा केरमेट गरेर नेपाली रुपैया ७५ बनाइएको  पाइएपछि बेच्न नपाउन गरी प्रशासनले शिलबन्दी गरदिएको छ । अनुगमनका क्रममा भाटभाटेनीले गल्ति गरेको पाइएकोले आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि सारिएको इलाका प्रशासन कार्यालय धरानका शाखा अधिकृत लोकमान श्रेष्ठले जानकारी दिनुभयो ।

यता भाटभाटेनीका जिम्मेवारी व्यक्तिले समेत आफूहरुको गल्ति भएको स्वीकारेको छ । भाटभाटेनीकी धरान शाखा म्यानेजर सुरेखा मिश्रले कोरमेट भएको अचारको विषयमा आफूहरुको कुनै गल्ति नभएको दाबी गरे पनि म्याद गुज्रिएको चाउचाउका सम्बन्धमा भने आफूहरुबाट गल्ति भएको र पुनः त्यस्तो गल्ति नदोहो¥याउने प्रतिबद्धता समेत व्यक्त गरिन । फेला परेको त्यस्ता अचारलाई प्रशासनले इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ सुनसरीका प्रतिनिधि, उपभोक्तावादी संघ संस्थाका रोहवरमा बेच्न नपाउने गरी शिलबन्दी गरेको छ ।

तपाईको प्रतिक्रिया