१० बैशाख, इटहरी। सुनसरी जिल्लाको इटहरी स्थित पकली इलाका प्रहरी कार्यालयको सक्रियता अवैध हतियार सहित दुई जनालाई शनिबार पक्राउ गरेको प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभएको छ ।

लागु औषध सेवनकर्ताले प्रयोग गरेको को २८ प ५७७० नम्वरको मोटरसाईकलमा यात्रारत युवाहरुलाई शङ्कास्पद अवस्थामा चेकजाँच गर्दा उनीहरुको साथबाट अमेरिकामा निर्माण गरिएको एक थान पेस्तोल, सोही पेस्तौलमा प्रयोग हुने तीन थान गोली र २ म्यागजिन समेत बरामद भएको प्रहरी उपरीक्षक पोख्रेलले जानकारी दिनुभएको छ । पक्राउ परेका सुन्दरपुरहरैचाका अमृत सिँह र प्रेमकुमार राईलाई आवश्यक कानुनी कार्वाहीका लागि प्रहरी हिरासतमा राखेको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया