DSC01710

मंसिर ६ इनरुवा/ अखण्ड सुनसरी अभियान दुहवीले जिल्ला टुक्राउन नहुने भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापन पत्र बुझाएको छ ।
सुनसरी, मोरङ र झापा टुक्राउन नपाइने भन्दै गठित क्षेत्र नम्बर १ बचाउ संघर्ष समितिले सुनसरी प्रशासन मार्फत सरकारको ध्यानाकर्षण गराएको हो । मोहमद अबदुल हाजीको नेतृत्वमा इनरुवा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई भेटी ज्ञापन पत्र बुझाएको हो ।सुनसरी, मोरङ र झापा टुक्राउन नहुने मुद्धा उठाएको समितिले राजनैतिक सहमतिका नाममा जनभावना विपरितको निर्णय लाद्ने प्रयास गरिए आन्दोलन चर्काउने चेतावनी दिएको छ ।

12283168_970064729708121_558426959_n

ज्ञापन पत्र बुझाउँदै टोलीले पछिल्ला केहिदिनयता दुहवी बजारमा बढेको तनावले अराजकता निम्त्याउन सक्ने तर्फ गम्भिर हुन प्रशासनसामू आग्रह गरेको छ । दुहवीमा हिजो निकालिएको सद्भाव र्यालीमा मोर्चा कार्यकर्ताले अवरोध पुर्याउने प्रयास गरेको प्रति समेत ज्ञापनमा खेद व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया