इनरुवा बैशाख ११/सुनसरीको कोशी गाउँपालिका वडा नम्वर २ र ३ पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले साविकको पश्चिम कुशाहा तथा हालको कोशी गाउँपालिका अन्र्तगतको ती दुई वडालाई पूर्ण खोप युक्त वडा घोषणा गर्नुभएको हो ।


स्थानीय विकास अधिकारी तुलषीबहादुर श्रेष्ठ, गाउँपालिकाका अधिकृत सन्दिप राणा, जिल्ला स्वास्थ्य प्रमुख मुकुन्दराज गौतम लगायतको उपस्थितीमा औपचारिक घोषणा गरिएको थियो । ति क्षेत्रमा रहेका बालबालिकाहरुमा सबैखाले खोप लगाइएको विवरणलाई आधारमानि पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको जिल्ला खोप अधिकृत पुण्य सिग्देलले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज आशा मेहताले छुटपुट अवस्थामा रहेका बालबालिकाहरुलाई खोप कार्यक्रममा सहभागि गराई सचेतना सँगै आगामी दिनमा अभियानको निरन्तरता सहितको कार्यान्वयनको प्रवन्ध मिलाइएको जानकारी गराउनुभयो । स्वास्थ्य चौकीले ३७५ बालबालिकाको लगत विवरणलाई आधार मानेर सबैखाले खोप लगाएपछि पूर्ण खोप युक्त वडा घोषणकालागि जिल्ला खोप समन्वय समितिमा पहल गरेको थियो । औपचारिक घोषणा सँगै कार्यक्रमको दिगोपनालाई ख्याल गरी सोही अनुरुपका कार्यहरु अघि बढाइने वडा सचिव श्यामकिशोर मण्डलले बताए ।

तपाईको प्रतिक्रिया