इनरुवा १२/अखिल नेपाल महिला संघ इनरुवाले नगरभित्रका जेष्ठ आमाहरुलाई सम्मान गरेको छ । माता तिर्थ औंसीको पूर्वसन्ध्यामा अनेम संघ इनरुवा  नगर समितिले १० वटै वडाका २० जना जेष्ठ नागरिक आमाहरुलाई सम्मान गरेको हो ।

नेकपा एमालेका प्रदेश नम्बर १ का सल्लाहकार पोष्टकुमार नेपाल, एमाले सुनसरीका पार्टी कार्यालय उपसचिव शम्भु आचार्य, नगर अध्यक्ष कालुराम गुरुङ, महिला नेतृहरु सकुन्तला भण्डारी, मिरा दाहाल, कानुन अधिकारी लगायतकाले जेष्ठ नागरिक आमाहरुलाई सम्मान गर्नु भएको थियो ।

अनेम संघ इनरुवाले सम्मानित हुनेहरुकालागि साडी सहित फलफुलको प्रवन्ध मिलाएको थियो । सम्मान कार्यक्रमलाई अनेम संघले पार्टीको चुनावी प्रचारका रुपमा समेत लिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेताहरुले आगामी चुनावले एमालेलाई मुलुककै पहिलो पाटी बनाउने धारणा राखेका थिए । नेताहरुले वृद्धवृद्धाको भत्ता तथा अन्य सेवा सुविधा लगायतका सवालमा एमाले सदैव कटिबद्ध भई लाग्ने विश्वास समेत दिलाएका थिए ।

तपाईको प्रतिक्रिया