इटहरी १२/इटहरीमा लिम्बुवान कार्यकर्ता र प्रहरीवीच झडप भएको छ । संघीय लिम्बुवानले निकालेको लाठी जुलुसका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो ।

लाठी सहित निस्केको जुलुस रोकेर प्रहरीले लाठी खोस्न थालेपछि झडपको अवस्था सीर्जना भएको हो । सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले लाठी खोस्ने क्रममा मोर्चा कार्यकर्ताले प्रहरीमाथि ढुङ्गामुडा गरेको बताए । सो क्रममा प्रहरी सहित आधा दर्जन बढी घाइते भएको उनले बताए । प्रहरीले लिम्बुवान कार्यकतालाई रोक्ने क्रममा सामान्य घम्साघम्सी मात्र भएको बताएको छ । लिम्बुवान कार्यकर्ताहरुले आफुहरुको पूर्व घोषित कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै केही सवारी साधनमा तोडफोड समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया