१३ बैशाख, सुनसरी। सुनसरीको बराह नगरपालिका १ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा बुधबार दिउँसो बेपत्ता भएकी बालिकाको शव फेला परेको छ।
दिउँसो साढे २ तिर सप्तकोशीको सानो भंगालोमा नुहाउने क्रममा सोही ठाउँ बस्ने पुर्ण तामाङको ९ बर्षिया छोरी प्रकृती तामाङ बेपत्ता भएकी थिईन्। घट्नाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चतराबाट तत्काल खटिएको टोली र स्थानीयवासीको सहयोगमा खोजी गर्ने क्रममा उनको शव नदीको दक्षिण पट्टी २ सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

तपाईको प्रतिक्रिया