१३ बैशाख, इटहरी  । नेपाली हिन्दहरुकोु परम्परा अनुसार आज हरेक नेपालीको घर घरमा आफ्नो जन्मदिने माताको सु– स्वास्थ्य दीर्घायु र समृद्धिको कामना गर्दै हरेक सन्तानले मिठा खानेकुरासँगै नयाँ लत्ताकपडा समेत दिएर माताको मुख हेरी खुशीयाली बाँड्ने कार्य भईरहेको छ ।


यही सन्दर्भमा आज विहानै इटहरी–२० स्थित तरहराको विहिबारे बजारमा लोकतन्त्र र न्यायका लागि  आमा समुह सुनसरीले सामुहिक माता तिर्थ औसी कार्यक्रमको आयोजना गरी तीन दर्जन बढि बृद्ध आमाहरुलाई दोसल्ला ओढाएर मिठा परिकार खान दिएर सामुहिक मुख हेर्ने कार्यक्रम सम्पन्न गरिएको छ ।

विगत लामो समयदेखि लोकतन्त्र र न्यायका लागि आमा समुह सुनसरीले यसरीनै आमाको मुख हेर्ने अर्थात माता तीर्थ औसीका दिन बृद्ध आमा तथा सन्तान समेत नभएका एकल महिलाहरुलाई समेत जम्मा पारेर मिठो खानेकुरा खुवाइ तथा दोसल्ला ओढाएर सामुहिक रुपमा मुख हेरी आमाहरुसँग एक आपसमा खुशीयाली बाँड्ने कार्य गरिदै आएको छ । आमा समुहले आयोजना गरेका सामुहिक मुख हेर्ने कार्यक्रममा जेष्ठ माता ८१ बर्षीया सत्यरुपा घिमिरेलाई प्रमुख अतिति बनाएर दोसल्ला ओढाएर खीर फ्रुटी जुश लगायतका मिठा खाने परिकारले आमाहरुको मुख मिठो बनाई सम्मान गर्ने कार्यक्रम गरिएको छ ।

बिष्णुमाया गुरुङ्गको अध्यक्षतामा भएको उक्त कार्यक्रममा तीन दर्जन बढि जेष्ठ नागरिक माताहरुलाई सम्मान कार्यक्रममा संस्थापक कमला खड्काले सन्तान नभएका तथा सन्तान भएर पनि  बिछोडिएर एक्लै जीवन विताई रहेका सवै आमाहरु लाई हामी सवैको आमा हुन भन्ने पवित्रा भावनाले हरेक बर्ष सम्मान गरिदै आएको बताइन ।

सोही अवसरमा तरहराकै तारर्केश्वर शिवालय मन्दिरले पनि आमाहरु भेला गरेर सामुहिक मुख हेरी मिठो परिकार खुवाएर धार्मिक संस्कार मनाईएको छ । ८८ बर्षीया माता हरिमाया बानियाँको प्रमुख आतिथ्यमा मन्दिर सञ्चालक समिति अध्यक्ष शारदा कट्वालको सक्रियतामा माताहरुलाई मिठो मसिनो खानेकुरा खुवाउने कार्यक्रम गरिएको थियो  ।

 

तपाईको प्रतिक्रिया