१४ बैशाख, इटहरी । पूर्वाञ्चलकाे बिभिन्न जिल्लाहरूमा रहेका एनसेल डिलरहरूमा रू ५० , १०० काे रिचार्ज कार्डकाे अभाव देखिएकाे छ । डिलरहरूमा अभाव चर्किएसंगै सामान्य किराना तथा पान पसलेहरूले उपभाेक्ताहरूसंग रिचार्जकार्डकाे कालाेबजारी सुरू गरेका छन ।

 पूर्वाञ्चलकाे सुनसरी , माेरङ , झापा , इलाम लगायतका मुख्य सहरहरूमा एनसेलकाे रू ५० , १०० काे रिचार्ज कार्ड अभाव देखिएकाे हाे । अभावसंगै केही पानपसले तथा सामान्य किराना पसलहरूले उपभाेक्ताहरूसंग साे कार्डकाे कालाेबजारी सुरू गरेका छन ।

पूर्वकाे केन्द्र मानिएकाे इटहरीमा सञ्चालित केही किराना पसल तथा पान पसलेहरूले रू पचासकाे एनसेल रिचार्ज कार्ड खरिद गर्दा अरू ५ रूपैया र १०० काे खरिद गर्दा १० रूपैया थप्न लगाएकाे प्रत्यक्ष पाइएकाे छ । इटहरीस्थित किराना पसल एवम पानपसल र फलफुल पसलहरूसंग प्रसस्तै मात्रामा एनसेलकाे रिचार्जकार्डहरू भएपनि एनसेल सेवाग्राहीहरूलार्इ मुल्य बढाएर बिक्री गर्ने गरेका छन ।

इटहरी ४ का मिन कुमार पाैडेलका अनुसार हिरा हाेटलकै छेउमा रहेकाे किराना पसलबाट १०० काे एनसेल रिचार्ज कार्ड खरिद गर्दा रू ५ थप्न लगाएकाे बताए । त्याे पसलमा एनसेल कार्ड प्रसस्तै भएपनि मूल्य बढाएर बिक्री गर्ने गरेकाे पनि बताए । पाँच रूपैया थपेर किन्नु ठुलाे कुराे हइन तर अभावकाे बेला कालाेबजारी गर्नु याे एनसेल सेवाग्राहीहरू मार्कामा पर्नुका साथै कालाेबजारी गर्ने ब्यापारीहरूलार्इ अझ प्रसय दिनु हाे पाैडेल भन्छन ।

यता एनसेलकाे रिचार्जकार्डमा ब्यापारीले कालाेबजारी गरिरहदा प्रसाशन भने बेखबर बनेकाे छ । सम्बन्धित निकायबाट कुनै खबर तथा स्थानीयस्तरबाट कुनै उजुरी नपरेसम्म केही गर्न नसक्ने इलाका प्रहरी कार्यालय इटहरीले बताएकाे छ ।

एनसेलकाे रिचार्जकार्ड बजार अभाव भएपछि सेवाग्राहीहरू एकाएक अास्चर्यमा परेका छन भने चर्काे मुल्य हालेर भएपनि रिचार्जकार्ड किनेर हाल्न बाध्य बनेका छन । यता एनसेलले एक प्रेस बिज्ञप्ती निकाल्दै उपभाेक्ताहरू माझ सेवालार्इ अझ बिस्वासिलाे र द्रुत गतिमा अघि बढाउन आफ्ना सिम तथा रिचार्ज कार्ड देशभर पुर्‍याउन बिक्रीबितरणका लागि ५ वटा वितरकमार्फत कार्य गर्दै आएको जनाएको छ । यी वितरकसँग एनसेलको सम्झौता रहेको र उनीहरुले सोहि सम्झौता अन्तर्गत रहि काम गर्दै आएका छन् । केहि डिलरले दाबी गरे झैं एनसेलले बितरकको सम्झौता खारेज नगरेको पनि जनाएको छ ।

तपाईको प्रतिक्रिया