इटहरी / नया बर्ष २०७४ को अवसर पारी अायाेजना गर्ने भनिएकाे इटहरी फेशन परेडकाे तयारी अन्तिमचरणमा पुगेकाे छ । इटहरीमै पहिलाे पटक अायाेजना गर्न लागिएकाे उक्त फेशन परेडमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त नायिकाहरूकाे पनि उपस्थिती रहने भएकाे छ । अागामी बैशाख २१ गते हुने भनिएकाे फेशन परेड अन्तरगत बुधबारदेखी सहभागी १५ जना माेडलहरूलार्इ तालिम प्रदान गरेलगत्तै त्यसकाे तयारी अन्तिम चरणमा पुगेकाे हाे ।

इटहरी बेङकुइटमा हुने कार्यक्रममा मुख्य अार्कषककाे रूपमा नेपालकी नव नायिका रेश्मा घिमिरे, नायिका तथा मिडिया पर्सनालिटी रिमा बिश्वकर्मा लगायत  अन्य ख्यातीप्राप्त माेडलहरूकाे सहभागी रहने भएकाे छ । परेडमा धरान, इटहरी, दमक, काठमान्डाैं गरी १५ माेडेलहरूकाे सहभागी रहने जनाइएकाे छ ।

सम्मर, लेहेंगा, सारी, गउन, ब्राइडल लगायतका बिभिन्न सिजनका डिजाइनहरू उक्त कार्यक्रममा प्रश्तुत रहने इभेन्ट मेनेजर कृष्ण श्रेष्ठले बताए । इटहरी स्थित पहिरन बुटिक तथा रूपकला मेकअप स्टुडीयाेले संयूक्त रूपमा अायाेजना गर्ने कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमहरूका साथ राष्ट्रिय स्तरको कलाकारहरु संग संगै खानपिनकाे समेत मज्जा लिन सकिने जनाइएकाे छ । कार्यक्रमकाे अन्तिम तयारी संगै टिकट बिक्री सुरू गरिसकेकाे पनि अायाेजकले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया