इनरुवा बैशाख १४/किर्ते अभियोगमा राष्ट्रिय बाणिज्य बैंक इनरुवा शाखाका सहायक प्रबन्धक तारणीप्रसाद खतिवडा पक्राउ परेका छन् ।
साविकको रामनगर भुटाहा तथा हालको हरिनगरा १ मा रहेको चपराही निम्म माध्यमिक विद्यालयको खाताबाट किर्ते गरी ५ लाख ६० हजार रकम निकाल्ने कार्यमा संलग्न रहेको पाइएपछि सहायक प्रबन्धक खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

किर्ते गरी बैंक खाता परिवर्तन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीले खतिवडा सहित इनरुवा ९ बबियाको महाविर प्राविका शिक्षक मनोज चौधरी र मुख्य योजनाकार मानिएका सेवा निबृत्त नरसिंहका शिक्षक सिद्धीनाथ लाल दासलाई समेत पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सनुसरीले किर्ते कागजात तयार पारी ठगी गरेको आरोपमा म्याद थप गरी असुन्धान अघि बढाएको छ । प्रहरीले पक्राउ परेकाहरुलाई ५ दिने म्याद थप गरिएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया