१५ बैशाख, झापा।  दमकको ट्याक्सी स्टेन्डका एकजना मजदुरले नेपाली रु पाँच सयको नक्कली नोट फेला पारेको ।

केहि दिनअघि मात्र मजदुर अगुवा दधिराम खतिवडालाई  एक यात्रुले दिएको ट्याक्सीको भाडा रुपैयाँको त्यस नेपाली नोट नक्कली भेटिएको बताइएको छ । सक्कली झै देखिने त्यो नोट यातायात कार्यालय विर्तामोडमा कर तिर्दा मात्र त्यो नोट नक्कली प्रमाणित भएको दधिरामले बताउनुभयो ।

केहि दिन अघि मात्र पोखरालगायत सहरमा नक्कली नेपाली नोट भेटिएको र त्यसै गिरोहले पूर्वका बजारसम्म पनि त्यस्ता नोट भित्र्याएको हुनसक्ने अनुमान स्थानीयवासीको छ । गभर्नर युवराज खतिवडाको हस्ताक्षर रहेको ५०० घ २०– ४७६७९९ उल्लेख भएको नक्कली नोट सक्कलीको तुलनामा केही छोटो र पातलो भएको पाइएको छ ।

तपाईको प्रतिक्रिया