१७ बैशाख,  मोरङ। मोरङको उर्लाबारी नगरपलिका-९ हाल राजघाट ५ मा शनिबार दिउँसो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेहरुमा मोटरसाईकलमा सवार चालक मोरङ राजघाट ४ बस्ने सागर रुचाल र पछाडी सवार सुर्य बहादुर वि.क. रहेका छन्।
उनीहरुलाई इटहराबाट उर्लाबारीतर्फ आउँदै गरेको को १ ख ३५९३ नम्बरको बसको बिपरित दिसातर्फ जाँदै गरेको मे ३ प ३७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाईतेहरुको उपचारको क्रममा उर्लाबारीस्थित अरनीको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बस र चालकलाई प्रहरी चौकी राजघाटको नियन्त्रणमा राखिएको छ। दुर्घटनाको जानकारी आईतबार मात्र प्राप्त भएको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया