१८ बैशाख, इटहरी। १२८ औ अन्तराष्ट्रिय मजदुर दिवशका अवसर पारेर आज सुनसरी र मोरङ्ग जिल्लाका गार्मेन्ट उद्योग बजदुर सङ्घको छैठौ जिल्ला अधिवेशनहरु सम्पन्न गरिएका छन । नेपाल ट्रेड युनियन काङ्ग्रेसका नेताहरु ज्योति कोईराला, उत्तम तिवारी, माधव चौधरी र सुशिल कोईराला लगायतका नेताहरुको उपस्थितिमा भएको अधिवेशनबाट सुनसरी गार्मेन्ट मजदुर सङ्घ ध्यानिलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।

अधिवेशनबाट सङ्घको जिल्ला कमिटि पदाधिकारीहरुमा उपाध्यक्षमा बोनस चौधरी सचिव भक्तबीर विक कोषाध्यक्षमा विकास कालिकोटे तथा सदस्यहरुमा प्रविन परियार उर्मिला गजमेर र जुनु विक छानिनु भएको छ । अधिवेशन माधव चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।यसैगरी मोरङ्ग गार्मेन्ट सङ्घको अध्यक्षमा बिन्दु मण्डल उपाध्यक्षमा प्रमिला खड्का सचिवमा रुपा कार्की कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ र सदस्यहरुमा राधा तिवारी एवम सपना मेहता छनौटा हुनु भएको छ । अधिवेशन सुशिल कोईरालाको अध्यक्षतामा सम्पन्न भएका थियो ।

अधिवेशनले गार्मेण्ट मजदुहरुले भोग्नु परेका समस्या तथा उद्योग सञ्चालकहरुबाट प्राप्त हुनु पर्ने पारिश्रमिकका विषयमा भएका शोषण कसरी न्यूनिकरण गर्ने भन्ने विषयमा पनि अधिेवेशनमा बृहत छलफल भएको बताईएको छ ।

तपाईको प्रतिक्रिया