२० वैशाख, इटहरी। सर्वाेच्च अदालतकी प्रधानन्यायाधिस शुशिला कार्किमाथी लगाइएकाे महाअभियाेग बिरूद्ध सुनसरीकाे नागरिक समाजले घाेर अापत्ती जनाएकाे छ । नागरिक समाज इटहरीले बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै कार्की माथी लगाइएकाे महाअभियाेग अविलम्बन फिर्ता लिन माग गरिएकाे छ ।

समाजका अध्यक्ष कमलेश पाैडेलले हस्ताक्षर गरेकाे प्रेस बिज्ञप्तीमा कार्की माथी महाअभियाेग लगाइनु सिंगाे न्यायालयमाथी ठाडाे हस्तक्षेप गरेकाे उल्लेख गरिएकाे छ ।

राज्यकाे तिन अंग ब्यवस्थापिका , कार्यपालिका , एवम न्यायपालिकाकाे शक्ती पृथकिकरण तथा यिनिहरूकाे काम , कर्तब्य र अधिकारकाे बिषयमा नेपालकाे संबिधानले प्रस्ट ब्यख्या गरेकाे भएपनि सरकारले कार्किमाथि महा अभियाेग लगाएर जिम्मेवारबाट पन्छाउन खाेज्नु सर्वाेच्च अदालतकै अपमान गर्नु सरह रहेकाे बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

तपाईको प्रतिक्रिया