इनरुवा बैशाख २० /आमाको काखबाट झरेको बच्चा तातोपानीमा परेपछि सुनसरीको कोशी गाउँपालिकाका ७ महिने बालकको ज्यान गएको छ । हरिनगरा माइती घर गएकी सोगर खातुनको ७ महिने छोरो नसिम अन्सारी चिउरा बनाउनका लागि धान भिजाउन तताएको पानीमा खसेका थिए ।

काखमा छोरो लिएर तातोपानीमा धान भिजाउन लाग्दै गर्दा आमाको काखबाट तातोपानीमा झरी घाइते भएका बालकलाई उपचारकालागि अस्पताल लैजाने क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया