इनरुवा बैशाख २०/स्वास्थ्य मन्त्रालयले राष्ट्रिय कार्यक्रममा असहयोग गरेको भन्दै निलम्बन गरेका सुनसरीका स्वास्थ्यकर्मी काममा फर्केका छन् । स्वास्थ्यकर्मीहरुको हकहीतका लागि भन्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले पोलियो थोपा कार्यक्रम बहिस्कार गरेको तथा सेवा छाडी तालाबन्दीमा उत्रेर कामकाज ठप्प पारेको भन्दै स्वास्थ्य मन्त्रालयले उनिहरुलाई निलम्बन गरेको थियो ।

फागुन २२ गतेको स्वास्थ्य मन्त्रालयको सहित स्तरीय निर्णयले आन्दोलनरत स्वास्थ्यकर्मी मध्ये १७ जनालाई मन्त्रालयले कार्वाही स्वरुप निलम्बन गरेको थियो । निलम्बनमा सुनसरीबाट आन्दोलन समितिका संयोजक समेत रहेका स्वास्थ्यकर्मी महेश पोखरेल सहित देवनारायाण साहु र पृथ्वीचन्द भगत रहेका थिए । निलम्बन फुकुवा सँगै ५४ दिनपछि उनिहरु सबै कामकाजमा फर्किएका हुन् ।

तपाईको प्रतिक्रिया