12277981_970444676336793_1251791547_n

मंसिर ७ इनरुवा/ सुनसरी प्रहरीले आन्दोलनका क्रममा विभिन्न घटनामा संलग्न भएको भनि पक्राउ गरेका ६ जना उपर सार्वजनिक अपराध अन्र्तगतको मुद्धा चलाएको छ ।
दुहवी बजारमा सद्भाव विथोल्न खोज्ने र तोडफोडमा संलग्न रहेको भन्दै पक्राउ परेका रञ्जित गोस्वामी, सोही स्थानका मुन्ना हलवाई, लौकहीका पर्शुराम यादव, विन्देश्वर यादव, ब्रम्हदेव यादवमाथि सुनसरी प्रहरीले सार्वजनिक अपराधको मुद्धा चलाएको छ ।
त्यसैगरी प्रहरीले इनरुवाको जिविस रोडमा २ वटा मोटरसाइकल आगजनीमा संलग्न भएको भनि पक्राउ परेका इनरुवाका अभिनन्द यादव उपर आगो लगाई धनमान नोक्सान मुद्धा चलाएको छ ।
सुनसरी प्रहरी प्रमुख संजयराज शर्माले पक्राउ परेकाहरु सबैलाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताउनु भयो ।
उता मोर्चाले भने आफ्ना कार्यकर्ताहरुलाई विना कारण झुठो आरोपमा फसाइको भन्दै पक्राउ परेका सबैको भोलि सम्म रिहा नगरिए आन्दोलन ससक्त पार्ने चेतावनी दिएको छ ।
यसैवीच मोर्चाले आन्दोलन दबाउने नाममा प्रहरीले आफुहरुमाथि ज्यादती गरेको भन्दैे आपत्ति जनाएको छ । आफुहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले ज्यादती गरेको प्रति मोर्चाले खेद व्यक्त गरेको छ । पछिल्ला केहीदिन यता प्रहरीले आफ्ना नेता तथा कार्यकर्तामाथि ज्यादती थालेको मोर्चाको आरोप छ ।
रात्री सवारी स्कटिङका क्रममा प्रहरीले अन्धाधुन्द बल प्रयोग गरी आन्दोलनकारीका साथै निर्दोष व्यक्तिहरुमाथि समेत कुटपिट गरेको मोर्चाको आरोप छ । मोर्चाले शिक्षक रामनारायण यादवमाथि प्रहरीले ज्यादती गरेको निष्कर्श निकालेको छ ।
शिक्षक यादवमाथि प्रहरीले गरेको कुटपिटको विरुद्धमा नेपाल शिक्षक महासंघ सुनसरीले समेत भत्सर्ना गरेको छ । महासँघले घाइते शिक्षकको उपचार र दोषी उपर कार्वाहीको माग गरेको छ ।
उता प्रहरीले भने आन्दोलनमा संलग्न रहँदै आएका यादव लौकहीमा रातीको समयमा आन्दोलनकारी र प्रहरीवीच तनावपछि सामान्य झडपका क्रममा घाइते हुन पुगेको बताएको छ ।

तपाईको प्रतिक्रिया