२१ वैशाख, अमृत बास्तोला तेह्रथुम। तेह्रथुमको लालिगुराँस नगरपालिका वसन्तपुर स्थित याक होटलका कुक ४५ वर्षिय कृष्ण राई होटलकै शैचालयमा मृत अवस्थामा फेला परेका छन् ।
विगत लामो समय देखी होटलमा कुक काम गर्दै आएका राई वुधवार विहान शौचालयमा मृत अवस्थामा फेला परेका हुन् । शौचालय गएको राई लामो समय सम्म नफर्कीए पछि ढोका फोरेर हेर्दा मृत अवस्थामा भेटीएको ईलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ ।
मृतकको शव पोष्ट मार्टमका लागि वसन्तपुर स्थित प्राथमिक स्वास्थ्य चौकीमा लगीएको तर समान नभएको भन्दै डाक्टरले पोष्टमार्टम गर्न नमाने पछि जिल्ला अस्पताल म्याङलुङ तर्फ पठाईएको छ । पोष्टमार्टमका लागि चाहीने भवन, औजार लगायतका कुनै पनि समान नभएकाले मृतकको पोष्टमार्टम गर्न नसकीएको वसन्तपुर स्थित प्राथमिक स्वास्थ्य चौकीका डाक्टर प्रफुल्ल गूरुङले बताउनु भयो ।

तपाईको प्रतिक्रिया