इनरुवा बैशाख २१/इनरुवा जेसिजले युवाहरुमा क्षमता अभिवृद्धी सहित बोल्ने क्षमताको विकास गर्ने उद्देश्यका साथ प्रशिक्षण तालिमको आयोजना गरेको छ । इनरुवा जेसिस २०१७ ले आयोजना गरेको तालिममा इनरुवा जेसिजका वोर्ड सदस्यका साथै मावि तहका विद्यार्थी र युवा उमेर समूहका शिक्षकहरुको सहभागिता रहेको थियो ।

युवामा नेतृत्व विकास र क्षमता प्रष्फुटनको उद्येश्यसाथ आयोजना गरिएको तालिम सहभागिहरुमाझ प्रभावकारी बन्ने इनरुवा जेसिज वर्ष २०१७ का अध्यक्ष धिरज भट्टराईको भनाई छ । कार्यक्रम नेपाल जेसिजका केन्द्रिय अध्यक्ष प्रकाश अधिकारीको उपस्थितीमा सम्पन्न भएको थियो । कार्यक्रमका सहभागिहरुलाई नेपाल जेसिजका पूर्वाञ्चल सल्लाहकार बाबुराजा शाह, केन्द्रिय उपाध्यक्ष सन्तोष रौनियारले प्रशिक्षण दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया