मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका समेत गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। प्रयत्न गर्दा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। प्रक्रियाका लागि काम दोहोर्याउनुपरे पनि अन्तत: फाइदा उठाउन सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। उद्योग र कृषिमा केही समस्या देखापर्न सक्छन्। तापनि समयमा गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। मिहिनेतले उत्साह जगाउनेछ भने व्यापारमा पनि फाइदै हुनेछ। काम पूरा नभए पनि आंशिक सफलता मिल्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अधैर्य व्यवहारले समस्या निम्त्याउनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। संकुचित मनस्थितिका व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। बुद्धिको उपयोगले मात्र काम बन्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सानो त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउला। लोकाचारका लागि अनिच्छित काममा जुट्नुपर्ने परिस्थिति आउला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। भेटघाटमा अलमलिनाले चिताएको काम रोकिन सक्छ। भैपरी आउने समस्या समाधान गर्दैमा समय बित्न सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
केही मात्रामा खर्च बढ्नेछ भने पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। प्रतिस्पर्धामा जुट्नुपरे पनि बुद्धिले काम बनाउन सकिनेछ। लगनशीलताले पछिलाई फाइदा दिलाउनेछ तर उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। बलजफ्तीले भविष्यमा नोक्सान पुर्याउन सक्छ। लामो यात्रा गर्ने अवसर भने प्राप्त हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आयआर्जनका स्रोत बढ्नेछन् र सामान्य फाइदा पनि हुनेछ। तर सरसापटमा धन बाहिरिने समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। लाभांश बाहिरिनाले अर्थअभाव देखा पर्नेछ। भैपरी आउने समस्याले पनि चिन्ता बढाउन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि दिगो काममा लगानी गर्ने मौका जुट्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रमको पूरा मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। आफ्नो मिहिनेतमाथि अरूले दाबी गर्ने हुँदा सजग रहनुहोला। लगनशीलताले भविष्यका लागि विशेष काममा जग बसाउने मौका दिलाउनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुने समय छ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। भेटघाटले महत्वपूर्ण कामको जग बसाउने अवसर दिलाउनेछ। मिहिनेत गर्दा सम्मानित स्थान प्राप्त हुन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्त गर्न पछि परिनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखद रहनेछ। व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आलस्य गर्ने बानीले समस्या निम्त्याउला। परिश्रमको फलमाथि अरूले दाबी गर्न सक्छन्। हुलमुलमा धनमाल जोगाउन सचेत रहनुपर्ला। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेत गर्दा प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ।

तपाईको प्रतिक्रिया