इनरुवा बैशाख २२/ सुनसरीको इटहरीमा दुई दिने प्रेस स्वतन्त्रता अभिलेखिकरण तालिम सुरु भएको छ । यूरोपियन युनियन र इन्टरनेशनल अलर्टको सहयोमा नेपाल पत्रकार महासंघ नेपालको आयोजना तथा सुनसरी शाखाको संयोजनमा तालिम थालिएको हो ।

तालिमको मूल उद्येश्य प्रेस स्वतन्त्रता उल्लघंन र त्यसको अनुगमन एवम विषय वस्तुको अभिलेखिकरण रिपोर्टिङ्गका केन्द्रित रहेको छ ।कार्यक्रमको नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष डा.विष्टले पत्रकारमाथि हुने गरेका आक्रमण, स्वतन्त्र प्रेशमाथिको हस्तक्षेप लगायतका बारेका तालिमका विषय महत्वपूर्ण रहेको बताए ।

सुनसरी शाखाका अध्यक्ष अमर खड्काको अध्यक्षतामा शूरु तालिममा महासंघ केन्द्रिय महिला सचिव संगिता खड्का, सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने लगायतकाले बोलेका थिए । तालिमको पहिलो दिन विष्ट सहित जेबि विश्वकर्माले प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया