इनरुवा बैशाख २२/बागमती सरसफाई अभियानलाई निरन्तरता दिने सरकारी निर्णय शुक्रबारबाट सुनसरीमा समेत लागु गरिएको छ ।अभियान अन्र्तगत शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरी हातामा सरसफाई गरिएको छ । सरसफाई अभियानमा सबैको सहभागिता भन्ने अभियानको मूल उद्येश्य अनुरुप प्रजिअ गोपाल प्रसाद पराजुली सहितको टोली सरसफाईमा सहभागि बनेको थियो ।

जिल्ला प्रशासन कार्यालयको सरसफाईका क्रममा प्रजिअ पराजुली सहित सहायक प्रजिअ मुनका न्यौपाने, प्रहरी प्रमुख पोषराज पोखरेल सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो । अभियान अन्र्तगत सके हरेक दिन नभएपनि शुक्रबार अनिवार्य रुपका आआफ्नो कार्यालय सहित कार्यालय हाता वरपर सफाई गरिनुपर्ने हुन्छ । सरसफाईमा सहभागिताका लागि सबै सरकारी कार्यालयका प्रमुख सहित कर्मचारीलाई अनिवार्य गरिएको छ । समान सहभागितामा स्वच्छ र सफा आनीबानीको विकासका लागि अभियान महत्वपूर्ण सावित हुने प्रजिअ पराजुलीको विश्वास छ ।

तपाईको प्रतिक्रिया