२३ बैशाख, सुवास संकल्प इटहरी। पुर्वान्चलको मुख्य केन्द्रबिन्दु अर्थात हरितनगरीको रुपमा परिचित ठाउ हो इटहरी ।। यहा राष्ट्रिय तथा स्थानिय रुपमा बिभिन्न ठुला तथा साना कार्यक्रमहरू आयोजना बेलाबखत भैइ रहने गर्दछ l तर फेशन सम्बन्धी भने कुनै पनि कार्यक्रम भएको छैन, हाल यहि कुरालाई चिर्दै इटहरीको लागी भब्य र सभ्य फेशन शो सम्पन्न भएको छ ।
इटहरी फेसन परेड २०१७ को नामले संचालित सो कार्यक्रम यहि बैसाख २१ गते साझ विशेष रुपमा सम्पन्न भएको हो l भारतको ब्युटी प्रोड्क्ट कम्पनी अर्गानिक हार्वेस्ट मुख्य प्रायोजक रहेको उक्त फेशन शो मा नेपाली सिने नगरिका नव नायिका रेश्मा घिमिरे, चर्चित मोडेल, अभिनेत्री तथा हालै सन्चालन भैइ रहेको चर्चित सिङगिङ रियालिटी शो “नेपाल आईडल” कि प्रस्तोता समेत रहेकी रिमा बिस्वकर्मा लगायत अन्य १५ जना पुर्वेली चर्चित मोडलहरुको सहभागिता रहेको थियो l
नेपाल आईसले प्रायोजन गरेको उक्त कार्यक्रमको आयोजना भने संयुक्त रुपमा रुपकला मेकअप स्टुडियो र पहिरन बुटिकले गरेको थियो l समर, लेहङा, सारी, गाउन, ब्राईडल लगायत बिभिन्न सिजनका डिजाईनहरुमा मोडलहरुले क्याट्वाक गरिएको थियो भने सो डिजाइनका क्याट्वाकहरुको सम्योजन भने इटहरीका युवा उद्धमी तथा पुर्वेली फेशन मोडल रोशन श्रेष्ठ ले गर्नुभएको थियो l
इटहरीबासिहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको निर्देशन भने मनिता तामाङ र निलिमा थुलुङ पराजुलीले गर्नुभएको थियो भने शो को सम्पुर्ण ड्रेस डिजाइन पनि निलिमाले नै गर्नु भएको थियो l इटहरीमा अवस्थित इटहरी बेन्क्युटको सेमिनार हलमा साहारा ग्रुप ईन्टरटेन्मेन्ट प्रा लि ले ब्यवस्थापन गरेको सो कार्यक्रमले नेपालको कला, सस्कृती, फेशन तथा पर्यटकिय क्रियाकलापलाई  थप टेवा पुग्ने उपस्थित हरुले बताएका छन भने इटहरिमा थप एक अर्को अध्यायको पनि सुरुवात भएको छ l कार्यक्रममा फेशन सो सङै राष्ट्रिय तथा स्थानिय कलाकारहरुले नृत्य तथा गायन प्रस्तुती पनि गरेका थिए l

तपाईको प्रतिक्रिया