२४ वैशाख, इटहरी । नेपालको संबिधान २०७२ले तोके अनुसार स्थानीय निकाय बद्दरभई स्थानीय तह बनेको छ | १८ वर्षपछी स्थानीय तहको निर्बाचन हुने भएको छ | तर लामो समयपछी हुन लागेको चुनाबमा कसरि मतदान गर्ने भन्ने अन्यौल समेत देखिएको छ | मतदाताले २०५५को स्थानिय निकाय चुनाबमा जस्तो मत हाल्न पाउने छैनन् |यस पटक फरक तरिकाले मतदान गर्नु पर्ने निर्बाचन आयोगले जानकारी दिएको छ |यसपालिको निर्बाचनमा मतदाताले आफुले चाएका ७ उम्मेद्वारलाई सातै ठाउँमा छाप लगाई मतदान गर्नु पर्ने छ |

नगरपालिकाको हकमा:

नगरपालिकामा बसोबास गर्ने मतदाताले आफ्नो नगरपालिकाको प्रमुख र उप-प्रमुख पदका उम्मेद्वारलाई १-१ भोट त्यस्तै आफ्नु वडाको वडाध्यक्षका उम्मेद्वारलाई १ भोट,आफ्नै वडाको खुल्ला २ सदस्यलाई १-१ भोट त्यस्तै २ महिला सदस्यका उम्मेद्वारलाई १-१ भोट हाल्नु पर्ने छ |

गाउँपालिकाको हकमा:

गाउँपालिकामा बसोबास गर्ने मतदाताले आफ्नो गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारलाई १-१ भोट त्यस्तै आफ्नो वडाका वडाध्यक्षका उम्मेद्वारलाई १ भोट,आफ्नु वडाका २ खुल्ला सदस्यलाई १-१ भोट र आफ्नु वडाका २ महिला सदस्यलाई १-१ भोट गरि जम्मा ७ ठाउँमा छाप लगाउनु पर्ने छ | नगरपालिका र गाउँपालिका दुवै स्थानका मतदाताले महिला सदस्यलाई मत दिदा १ दलित महिलालाई मत दिनु पर्ने छ |

मतपत्रको प्रयोग कसरि गर्ने ?

नगरपालिकाको बासिन्दाले प्रमुखलाई र गाउँपालिकाका बासिन्दाले अध्यक्षलाई मतपत्रको पहिलो कोठामा छाप लगाउनु पर्ने छ | त्यस्तै नगरपालिकाको उप-प्रमुख र गाउँपालिकाको उपाध्यक्षलाई भोट दिन मतपत्रको दोस्रो कोठामा छाप लगाउनु पर्ने छ | तेस्रो कोठामा आफ्नु वडाको वडाध्यक्षलाई मत दिनु पर्ने छ | पहिलो,दोस्रो र तेस्रो कोठामा १-१ वटा मात्र चुनाब चिन्ह हुने छन् | (राजनीतिक दलका उम्मेद्वारका लागि राजनीतिक दलको चुनाब चिन्ह हुने छ भने स्वतन्त्र उम्मेद्वारका लगि निर्बाचन आयोगले तोकेको चुनाब चिन्ह हुने छ ) चौथो कोठामा २ खुल्ला वडा सदस्यलाई भोट हाल्न २ ठाउँमा छाप लगाउनु पर्ने छ | दुवै उम्मेद्वार एउ6} राजनीतिक दलबाट उठेको भए पहिलो र दोस्रो दुवै कोठामा एउ6} चुनाब चिन्ह हुने छ | (कुन उम्मेद्वारलाई कुन चिन्ह दिने निर्बाचन आयोगले निर्णय गर्न बाकि छ |)

पाचौ कोठामा महिला उम्मेद्वारलाई मत हाल्नुपर्ने छ | तर मतदाताले महिला उम्मेद्वार र दलित महिला उम्मेद्वारलाई छुट्टा छुट्टै कोठामा छाप लगाउनु पर्ने छ | (दलित महिलाकालागि कति र खुला महिला उम्मेद्वारका लागि कति चुनाब चिन्ह दिने निर्णय हुन बाकि ) यद्यपि मतदातालाई एउटा कोलममा दलित र अर्को कोलममा खुला महिला सदस्यलाई भोट हाल्न मिल्नेगरि मतपत्र बनाइने छ |मतदाताले बेग्ला बेग्लै पदमा उठेका बेग्लाबेग्लै उम्मेद्वारलाई ७ ठाउँमा छाप लगाई मतदान गर्नु पने छ | यदि २ वडा सदस्यलाई बाहेक एकै पदमा उठेका २ उम्मेद्वारलाई मतदान गरिएमा मत बदर हुने छ |

तपाईको प्रतिक्रिया