२५ वैशाख, इटहरी। पूर्वी नेपालकै केन्द्रको रुपमा रहेको इटहरी लाई खेलकुदको  हवका रुपमा विकास गर्ने राष्ट्रिय खेलकुद परिषदको उद्घोषकै क्रमम  इटहरीका युवा ब्यवसायिले नीजि लगानीबाट पहिलो पटक अन्तराष्ट्रिय मापदण्ड अनुसारको फुटसल खेल भवन निर्माण अन्तिम चरणमा प्रवेश गरेको छ ।

लाखौको लगानीमा तीनवटा ब्याटमिण्टन खेलका लागि भवनहरु निर्माण भई प्रयोगमा आइरहेका बेला थप अन्तराष्ट्रिय मापदण्डको ब्याटमिण्टन कोर्ट समेतको निर्माण भईरहेको इटहरीमा ब्यवसायी बिष्णु रिजालका छोरा फुटसल खेलाडी सिनेट रिजालको परिकल्पना र लगानीमा उक्त खेल भवन निर्माण भई रहेको हो ।

इटहरी उपमहानगरपालिका–१० मा रहेको  साढे ५ कठ्ठा जमिनको क्षेत्रमा कम्तिमा ५५ लाखको लगानीमा निर्माण भईरहेको उक्त फुटसल खेल मैदान १०८ फुट लामो तथा ५८ फुट चौडाको रहेको निर्माणकर्ता खेलाडी सिनेट रिजालले जानकारी दिए । धरान र विराटनगरमा दुई दुई वटा फुटसल खेलका लागि भवन निर्माण भएको भए पनि इटहरीमा निर्माण भईरहेको यो फुटसल खेल भवन भने चाईनामा तयार पारेको घाँसबाट तयार हुने भएकाले सम्भव त यो नेपालकै लागि पहिलो हुन सक्ने खेलाडी रिजालले बताए ।

रेष्टुरेण्ट खेलाडी आराम गर्ने स्थान पार्किङ्ग क्षेत्र लगायतको प्रयाप्त स्थान भएको फुटसल खेल भवन यही जेठ महिना भित्रमा निर्माण सम्पन्न भई खेल सञ्चालन गर्न सकिने अवस्थामा रहेको पनि सिनेटको भनाई रहेको छ । इटहरी उपमहानगरपालिका क्षेत्रमा पनि धेरै फुटसल खेलाडीहरुको उत्पादन भई रहेकाले उनीहरुको चाहाना र आवश्यकतातालाई ध्यानमा राख्दै यसको निर्माण भएको पनि रिजालले जानकारी दिए । विशेषगरी फुटबल खेल जस्तै भए पनि यो इण्डोर खेलिने भएकाले यसका लागि भवन अनिवार्य आवश्यक पर्ने गरेको पनि उनको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया