२५ वैशाख, इनरुवा। आसन्न स्थानीय तहको निर्वाचनमा युवा सहभागिता र जनचेतना बढाउन भन्दै काँग्रसी युवाहरुले सांगितिक कार्यक्रमको आयोजना गर्ने तयारी थालेका छन् ।

नेपाल सांस्कृतिक संघ सुनसरी क्षेत्र नम्वर ४ ले सर्वसाधारणमा चुनावी माहौल सीर्जना गराउन सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ । सांस्कृतिक संघले सांगितिक बैण्डको उपस्थितीमा नगरका प्रमुख चोक तथा टोलटोलमा पुगेर प्रस्तुति दिने बताइएको छ । घुम्ती सेवा सरह प्रमुख चोक तथा भिडभाड हुने स्थानमा पुगेर नाँचगान सहितको प्रस्तुती दिलाइने नेपाल सांस्कृतिक संघ क्षेत्र नम्वर ४ का सभापति राकेश निरौलाले बताए ।

सांस्कृतिक कार्यक्रमको प्रमुख उद्येश्य युवा सहभागिता जुटाउने र चुनावमा सहभागिता बढाउने रहेको निरौलाले बताए । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउने निरौलाले कार्यक्रमकालागि ६ सय बढी युवा परिचालित हुने जनाए ।

तपाईको प्रतिक्रिया