२५ वैशाख, इटहरी । झापाको सताक्षी धाममा रहेको आश्रममा वस्दै आएका हरुलाई नेपाली सेनाको पुर्वि पृतना मुख्यालय इटहरीले खाद्यान्न उपलब्ध गराएको छ । पुर्वी पृतना मुख्यालय इटहरीका पृतनापति प्रलाह्द थापाको पहलमा पृतनामा रहेका युनिटहरुवाट संकलीत खाद्यान्न आश्रममै पुगेर हस्तान्तरण गरिएको हो ।


पृतना अन्र्तगत रहेका युनिटहरुबाट उपलब्ध गराइएको खाद्यान्न सर्वज्ञ दल गणका गढपति दिवसदेव खड्काले आश्रमलाई हस्तान्तरण गरेका हुन । आश्रमका लागि उपलब्ध गराइएको खाद्यान्नमा चामल , दाल, नुन, विस्कुट, दुध, सुख्खा तरकारी रहेका छन । सताक्षी धाम दाताहरुको सहयोगबाट सञ्चालन भैरहेको मन्दिरका पुजारी रेवती सुवेदीले जानकारी दिए । आश्रमलाई पुर्वी पृतना , सर्वज्ञ दल गण , श्री नम्वर १ राजदल गण,बटुकदल गण, कालीबक्स गण, गौरीबक्स गण, पृतना तालिम शिक्षालय ,फिल्ड अस्पताल इटहरीले खाद्यान्न सहयोग उपलब्ध गराएको हो ।

सताक्षीमा पुर्वीय संस्कृति अन्र्तगत अध्ययन गर्ने विद्यार्थीहरुका लागि गुरुकुल तथा आश्रममा साधुसंन्तहरु बस्ने गरेको तथा गौशाला समेत रहेको बताइएको छ । आश्रममा रहेकाहरुलाई दाताहरुको सहयोगले संरक्षण गरिदै आएको वताइएको छ। झापामा रहेको प्रसिद्ध धार्मिक स्थल सताक्षीको प्रचार प्रसार हुन नसकेका कारणपछि पर्दै आएको स्थानीयहरुले गुनासो गर्ने गरेका छन । पछिल्लो तीन वर्ष यता देखि सताक्षी क्षेत्रको योजनावद्ध रुपमा विकासका काम हुदै आएका छन ।

तपाईको प्रतिक्रिया