२५ वैशाख, इटहरी । यातायात कार्यालय इटहरीमा ५७ करोड राजश्व हिनामिना गरेको अभियोगमा कार्यालयका प्रमुख सहित पाँच जना कर्मचारी यातायात मन्त्रालयले निलम्वन गरेको समाचार सेलाउन नपाउँदै सोही कार्यालयमा  कार्यरत नायव सुब्वा बिनोद दाहाल लाई  सोमबार दिउँसो घुस लिदालिदै पक्राउ परेको छ । विगत तीन दिनदेखि सेवाग्राहीबाट काम गरिदिने बहानामा अलमल्याई १० दिएमामात्र काम गरि दिने भन्दै काममा झुलाई रहेका बेला सेवाग्राहीबाट ५ हजार घुस लिईरहेकै बेला अख्तियारका ओम खनालको नेतृत्वमा रहेको टोलीले दाहाललाई पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुर्वाञ्चलका प्रवक्ता रमेश बस्नेतका अनुसार सेवाग्राहीलाई बारम्वार दुख दिने र काम गरि दिए बापत घुस लिने कर्मचारीमाथि निगरानी भईरहेको तथा उनीमाथि अख्तियारको टोलीले सोधपुछ र अनुसनधान शुरु गरेको पनि प्रवक्ता बस्नेतले जानकारी दिए ।

राजश्व हिनामिनाको नयाँ घट्नाको गहिरो अनुसन्धान भई रहेको कोशी अञ्चल यातायात कार्यालय इटहरीका कर्मचारीले दादागिरी शैलीमा सेवाग्राहीलाई दुख दिएर घुस लिने गरेको सेवाग्राहीहरुले बताए । यातायात कार्यलयका कर्मचारीले सेवाग्राही दुख दिने कार्य भईरहेकोप्रति अख्तियारले गहिरो निगरानी गरिरहेको पनि जानकारी दिएका थिए  ।

तपाईको प्रतिक्रिया