२६ वैशाख,  इनरुवा। सामुदायिक विकास कार्यक्रम, CDP सुनसरी द्वारा सञ्चालित ड्रेस मेकर तालिम एक कार्यक्रमका बिच समापन भएको छ। इनरुवा इन्टरनेशनल पोलिटेकनिकको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा जम्मा २० जना महिला प्रशिक्षार्थीहरुको सहभागिता थियो।

१५ वटा गा.वि.समा भएका नागरीक सचेतना केन्द्रबाट छानिएका महिलाहरुलाई उक्त ड्रेस मेकर तालिम मिती २२।११।२०७३ देखी २५।०१।२०७४ सम्म सञ्चालन भएको हो। उक्त समापन कार्यक्रमको सभापतित्व जिल्ला संयोजक सरस्वती कोईरालाले गर्नु भएको थियो भने अतिथिहरुमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका कार्यालय प्रमुख जेट बहादुर राई तथा जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत तिरपित नारायण मिश्र हुनुहुन्थियो। कार्यक्रमका सञ्योजक सामिदायिक विकास कार्यक्रमका नरेश खडका हुनुहुन्थियो।

तपाईको प्रतिक्रिया