काठमाडौ वैशाख २६ – बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा कुरा नमिलेपछि संघीय गठबन्धनले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ ।संघीय गठबन्धनले आज बिहान नेपाली काँग्रेस, एमाले र माअ‍ोवादी केन्द्रसँग बालुवाटारमा छलफल गरेको थियो ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले जेठ ४ गते सविधान संशोधन विधेयक पारित गर्न प्रयास गर्ने आश्वासन दिएका छन् । तर प्रधानमन्त्रीको प्रतिवद्धताप्रति विश्वास नलागेर आजै गठबन्धनको बैठक बसेर आन्दोलनको कार्यक्रम घोषणा गर्न लागिएको एक नेताले बताए । राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा आज ३ बजे गठबन्धनको बैठक बस्न लागेको छ । बैठकले दवाव मुलक कार्यक्रमको घोषणा गर्ने राजपा नेपालका ति नेताले जानकारी गराए ।

तपाईको प्रतिक्रिया