helicoptercrashश्रीनगर (भारत), ७ मङ्सिर । भारतीय काश्मिरमा सोमबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी त्यसमा रहेका सबै सातै जनाको ज्यान गएको समाचार छ ।उक्त हेलिकोप्टरमा छजना तीर्थयात्री थिए । तीर्थयात्राका क्रममा रहेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जनाएका छन् ।काश्मिरमा रहेको प्रसिद्ध तीर्थस्थल वैष्णोदेवीबाट तीर्थाटन गरी फर्किनेक्रममा हेलिकोप्टर खसेको थियो । उक्त दुर्घटनामा परी त्यहाँ रहेका छजना तीर्थयात्री र एक पाइलटको ज्यान गएको हो ।कत्रा नगरबाट सो हेलिकोप्टर उडेको केही क्षणमै दुर्घटना भएको थियो । सो तीर्थयात्रामा बर्सेनि दशौँलाख नागरिक जाने गर्दछन् ।जम्मुका एकजना वरिष्ठ प्रहरी अधिकारी डेनिस रानाले सो हेलिकोप्टर दुर्घटनामा परी सो हेलिकोप्टर चालक एक महिला र छजना तीर्थालूको ज्यान गएको जानकारी दिए ।उनले दुर्घटनाको कारण पत्ता नलागेको भन्दै सो कारण अनुसन्धानरत रहेको जानकारी उनले दिए ।

 

तपाईको प्रतिक्रिया