दमक, २६ बैशाख । दुर्घटना न्यूनिकरणको अभियानमा सक्रिय जिवन चक्र समाजले आज आफ्नो तेश्रो बार्षिकोत्सबको अवसर पारेर दमकस्थित आस्था कलेजमा जनचेतनामुलक कार्यक्रम गरेको छ । समाजका अध्यक्ष गणेश गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सवारी दुर्घटना न्यूनिकरणका लागि पालना गर्नुपर्ने ट्राफिक नियमका बारेमा ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दिनेचन्द्र अधिकारीले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा आस्था कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो । उनीहरुलाई ट्राफिक नियम पालना सम्बन्धी ज्ञानहरु दिईएको थियो । दमकस्थित पाथिभरा सिनेमा प्रा.लीको सहकार्यमा जिवन चक्र समाजले आगामी दिनमा पनि अन्य विद्यालय तथा कलेजहरुमा दुर्घटना न्यूनिकरणको अभियान संचाल गर्ने समाजका अध्यक्ष गणेश गौतमले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया