पाँचथर, बैशाख २६। पाँचथरको फिदिम नगरपालिका–१३ स्थित रानीटारमा प्रस्तावित विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया सुरु भएको छ ।

अहिले सम्म सरकारी प्राथमिकतामा पर्न नसकेको रानीटारको स्याउडाँडामा विमानस्थल बनाउन चालू आर्थिक वर्षमा नागरिक उड्डयन प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन गर्ने प्रक्रिया सुरु गरेको हो ।वातावरणीय प्रभाव मूल्यांकन गर्न क्षेत्र निर्धारण गरी काम अघि बढाइएको इन्जिनियर नलविक्रम थापाले जानकारी दिए ।विमानस्थल बनाउन यो वर्ष १७ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।यसअघि विमानस्थल बनाउन २०६७ सालमा सरकारले सम्भाव्यताको अध्ययन गरेको थियो ।

तपाईको प्रतिक्रिया