२८ बैशाख,सुवास संकल्प, इटहरी। कला र गलाको सम्मान अनि प्रोत्साहन गर्दै नेपालमा पनि राष्ट्रिय र स्थानिय स्तर बाट निकै गायन प्रतियोगिता निकै हुने गरेको छ l कोहि सफल भएर प्रतियोगी तथा बिजेतालाई अवसर दिएका छन् भने कोहि नाम र नारामा मात्र सिमित रहेको उदाहरण पनि कम छैन l यहि क्रममा हाल सम्मकै बृहत भनिएको अन्तराष्ट्रिय स्तरको आईडल नेपालमा पनि भैइ रहेको छ, नेपाल आईडल l बिराटनगर बिरगंज चितवन पोखरा बुटवल नेपालगंज र काठ्माण्डो गरि ७ सहरहरु बाट नेपाल आईडलको लागी अडिसन लिईएको थियो भने हाल सो अडिसनको सम्पादित दृश्यहरु एपि वान टि भि मार्फत प्रसारित भैइ रहेको छ l
निकै नै तामझाम र चर्चा सहित सुरु भएको “नेपाल आईडल” हाल टेलिभिजन मा प्रसारित हुन थाले पछि भने त्यही अनुसार ले बिबादित पनि भैइ रहेको छ l जर्जको रुपमा नेपालका चर्चित न्ह्यू बज्राचार्य, इन्दिरा जोशी, काली प्रसाद बास्कोटा रहेका छन भने उनिहरुकै निर्णय र अडिसनमा प्रस्तुत हुने सैली प्रती आम दर्शक आक्रोशित भैइ रहेका छन l कसैले जातियता हेरियो भनेका छन भने कसैले बोल्ने सैली भएन, राम्रो गला र कला भएका लाई चाही आउट गरेर गरिबलाई मात्र प्राथामिकता दिइएको भन्ने आरोप खेप्नु परेको छ नेपाल आईडलका निर्णायकहरुले l कसैले त जर्ज हरुनै परिवर्तन गर्नुपर्यी भनेर सामाजिक सन्जालहरु मार्फत आवाज उठाई रहेका छन l आज हामी सामाजिक सन्जालमा जर्जहरु प्रती आक्रोसित तिनै प्रतिनिधी कमेन्टहरुलाई प्रस्तुत गर्दै छौ l

तपाईको प्रतिक्रिया