इनरुवा बैशाख २९/औषधी बेच्ने मेडिकल हलहरुमा खुला लागुऔषध विक्रि हुने गरेको फेला परेको छ । औषधी व्यवस्था विभाग विराटनगरले पछिल्लो केहि सातायता पुर्वका विभिन्न शहरहरुमा गरेको अनुगमनका क्रममा मेडिकल हल तथा क्लिनिकहरुले अवैध रुपमा लागुऔषध विक्री गर्ने गरेको भेटाएको हो ।

सामान्यता निदाउन नसक्ने, मानशिक रोगी जस्ता विशेष प्रकृतिका विरामीहरुको उपचारका क्रममा डाक्टरी सल्लाहमा विक्रि गरिनुपर्ने त्यस्ता औषधीहरु खुला रुपमा विक्री गर्ने गरेको पाइएको विभागले जनाएको छ । पुर्वका दमक, उर्लाबारी, बिराटनगर, भोजपुर, धरान र इनरुवा लगायतका स्थानमा गरिएको अनुगमनका क्रममा अधिकांश औषधी पसल तथा क्लिनिकहरुमा नारकोटिक अर्थात मनोबिद्ध औषधी खुला रुपमा विक्रि हुने गरेको पाइएको हो ।

विभागको टोलीले इनरुवाका १५ मेडिकल हलमा गरेको अनुगमनका क्रममा अधिकांशमा खुलारुपमा नारकोटिक औषधी बेच्न राखिएको भेटिएको थियो । डाक्टारी पुर्जा विना नारकोटिक औषधी विक्रि गर्न नपाइने र बिक्रीकालागि समेत आवश्यक कागजात दुरुस्त राख्नुपर्नेमा त्यस्तो नपाइएको फार्मेसी अधिकृत रेवत बस्नेतले जानकारी दिनुभयो । अनुगमन टोलीले औषधी विक्री वितरणमा सम्वन्धित जानकार भन्दा पनि आफु पायकका अदक्ष जनशक्ति चुनौतिका रुपमा रहेकाले व्यवस्थित बनाउन नियम कडाईकासाथ अवलम्बन गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया