ambulanceमङ्सिर ७, विराटनगर । सिकिस्त विरामी तीन महिने शिशु बोकेको एम्बुलेन्सलाई मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गरेपछि समयमै अस्पताल पुर्या‍उन नसक्दा उनको एम्बुलेन्समै मृत्यु भएको छ ।उदयपुर जिल्ला अस्पताल गाईघाटबाट उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज ल्याउँदै गरेका शिशुको एम्बुलेन्समै मृत्यु भएको हो ।गाईघाट अस्पतालले थप उपचारका लागि नोबेल रेफर गरेका त्रियुगा नगरपालिका–१५ का तीन महिनाका शिशु पदमबहादुर बुढाथोकीको मृत्यु भएको हो ।निमोनिया भएर गम्भीर विरामी शिशुलाई उपचार असम्भव भएपछि जिल्ला अस्पताल गाईघाटले तत्काल थप उपचारका लागि नोबेल अस्पताल लैजान सल्लाह दिएको थियो ।साझासबालबाट

 

तपाईको प्रतिक्रिया