३० वैशाख, मिकाइल आलम भाणटावारी । पूर्व -पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका -८ स्थित भाणटावारीमा एम्बुलेन्सको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । शुक्रबार ३:५० बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको एम्बुलेन्सको ठक्करबाट साविक हरिपुर गाविस हालको कोशी गाउँपालिका वार्ड नं. ८ भणटावारीका विरेन्द्र कामैत कि ७ वर्षकी छोरी दिपिका कामैतको मृत्यु भएको हो । एम्बुलेन्सको ठक्करबाट दिपिकाको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिने एम्बुलेन्सको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया