इनरुवा ३० बैशाख/दलित युवायुवतीका लागि इनरुवामा लोकसेवा तयारी कक्षा संचालन गरिएको छ । जिल्ला समन्वय समिति सुनसरीको सहयोगमा डाँफे यूवा समूह सुनसरीले लोकसेवा सम्वन्धि अभिमुखिकरण तालिम संचालन गरेको हो ।

तालिममा धरान,इटहरी,झुम्का, दुहवी र इनरुवाका गरी ३० जना दलित युवायुवतीको सहभागिता रहेको थियो । दलित समन्वय समितिले गरेको सिफारिसका आधारमा तालिमका सहभागिहरुको टुङगो लगाइएको डाँफे यूवा समूहका अध्यक्ष रञ्जेश भट्टराईले जानकारी दिए ।सहभागिहरुलाई कार्यकारी अधिकृतहरु शिवकुमार निरौला र त्रिचोलन न्यौपानेले सहजीकरण गरेका थिए । कार्यक्रमको उद्घाटन स्थानीय विकास अधिकारी तुलषीबहादुर श्रेष्ठले गरेका थिए । सो कार्यक्रममा युवा नेता राजन मेहता, धिरज भट्टराई ,सुनोज निरौला लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया