इनरुवा ३१ बैशाख/पूर्व पश्चिम राजमार्ग अन्र्तगत इनरुवा लौकही सडक खण्डमा भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । भोक्राहा स्थित वैष्णोदेवी पेट्रोल पम्प नजिक बस र स्कारपियो आपसमा ठोकिँदा भारतीय नागरिकको ज्यान गएको हो । मृत्यु हुनेको परिचय खुल्न सकेको छैन् । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

घाइते मध्ये ५ जनालाई थप उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । अन्यको भने जिल्ला अस्पताल इनरुवामा उपचार भैरहेको सुनसरी प्रहरीले जनाएको छ । भारतीय नागरिक सवार Br43P 1271 नम्बरको स्कारपियो विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ६४३६ नम्बरको यात्रुबससँग ठोकिन पुगेको थियो ।

तपाईको प्रतिक्रिया