कालिकोट । कालिकोटमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर राप्रपाका वडाध्यक्ष उम्मेदवारको मृत्यु भएको छ । घटनामा घाइते भएका ३ जनालाई आज विहान हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।

नरहरिनाथ गाउँपालिका ६ को नन्दादेवी मावि मतदान केन्द्रको मतपेटिका ढुवानीको क्रममा विप्लव समूहले आक्रमण गरेको थियो । बम हान्नुका साथै मतपेटिका खोसेपछि सुरक्षाका लागि सुरक्षाकर्मीले गोली चलाएको थियो । घटनामा वडा नम्बर ६ का वडाध्यक्षका राप्रपा उम्मेदवार धनरुप बटालाको निधन भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया